ट्रेण्डिङ

होमपेज / समाज

काठमाडाैँमा एकै परिवारका तीन जनालाई कोरोनाको आशंका

नेपालगाथा २०७७ बैशाख १ गते सोमबार २०:११:४० मा प्रकाशित

काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको ‍¥यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताए । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिन अघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि ¥यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top