ट्रेण्डिङ

होमपेज / समाज

आइसोलेसन वार्डबाट दुई जना फरार

नेपालगाथा २०७६ चैत्र ३० गते आइतबार १३:२४:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना रिपोर्ट नआउँदै फरार भएका छन् । उनीहरु दुबै जना शनिबार अपरान्ह अस्पतालबाट कुनै जानकारी नदिइ भागेको अस्पतालले जानकारी दिएको छ । आइसोलेसन वार्डमा रहेका दुवै जनाले अस्पताललाई कुनै जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।

भाग्नेमा ४० वर्षीय एक महिला र १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु चेत्र २५ गते कोभिड १९ को आशंकामा अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ ।

चैत २६ गते परीक्षणका लागि अस्पतालले दुवै जनाको स्वाब काठमाडौं पठाएको थियो । अस्पतालले दिएको जानकारी अनुसार ७ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि उनीहरुको मात्र रिपोर्ट आउन बाँकी छ ।

अस्पतालबाट भागेका दुबै जना डडेलधुराको भागेश्वर गाउँपालिकाका भएको अस्पतालले जनाएको छ । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top