ट्रेण्डिङ

होमपेज / समाज

कोरोना संक्रमितले अस्पतालभित्रै गरे आत्महत्या

नेपालगाथा २०७६ चैत्र ३० गते आइतबार १३:१८:१५ मा प्रकाशित

काठमाडौं । भारत आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका छन् । कोरोनाको लक्षण देखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएका उनमा शुक्रबार भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो । त्यसपछि शनिबार उनले अस्पतालको शौचालयमा गएर घाँटी रेटेको बताइएको छ । शौचालयमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

उनी तबलिगी जमातसँग सम्बन्धित व्यक्ति रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनी नयाँदिल्लीको निजामुद्दिनमा आयोजित धार्मिक सभामा सहभागी भएका थिए । यसअघि भारतको नयाँदिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरिएका एकजना कोरोना शंकास्पद विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो । महाराष्ट्रमा हालसम्म १७ सय बढी संक्रमित फेला परेका छन् भने एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको ताजा विवरणअनुसार भारतभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुगेको छ । भारतभर ८ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बितेको २४ घण्टामा भारतमा ९ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् भने ३४ जनाको मृत्यु भएको छ । हालसम्म ७१६ जना उपचारपछि निको भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top