होमपेज / समाज
सुर्खेत । सुर्खेत काँक्रेविहार यातायात प्रालिले आफ्ना कर्मचारीहरुलाई घरघरमै पुगेर खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणका कारण खाद्यान्न संकट भएपछि प्रालिले आफ्ना कर्मचारी र आश्रित परिवारलाई घरमै पुगेर खाद्यान्न उपलब्ध गराएको हो ।
अध्यक्ष रमेश सापकोटाले प्रालिमा आवद्ध ३५ जना कर्मचारीहरुलाई चामल, दाल, नुन र तेल उपलब्ध गराइएको बताउनुभयाे । ‘लकडाउनका कारण एउटै ठाउँमा जम्मा हुने अवस्था नरहेकाले घरघरमै पुगेर खाद्यान्न वितरण गरेका हाै,’ अध्यक्ष सापकोटाले भन्नुभयाे, ‘लकडाउनको अवधि थप भएमा प्रालिका तर्फबाट थप सहयोग गर्नेछौं ।

प्रालिले आफ्ना कर्मचारीहरुलाई एक/एक बोरा चामल, तीन किलो दाल, नुन र तेल उपलब्ध गराएको थियो। उनले लकडाउनको अवधि बढ्ने अवस्था आएमा गाडी चालक र हेल्परका परिवारलाई पनि सहयोग उपलब्ध गराउने बताउनुभयाे।
प्रहरीलाई पनि सहयोग
सुर्खेत काँक्रेविहार यातायात प्रालिले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पनि सहयोग उपलब्ध गराएको छ । प्रालिले जिल्ला प्रहरी कार्यालयलाई ५० पेटी पानी र ४५ कार्टुन चाउचाउ उपलब्ध गराएको छ भने जिल्ला ट्राफिक प्रहरीलाई २० कार्टुन पानी र १५ कार्टुन चाउचाउ उपलब्ध गराइएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयाे ।
