ट्रेण्डिङ

होमपेज / समाज

क्वारेन्टाइनमा रहेका डोल्पाका ७५ जना घर फर्किए

नेपालगाथा २०७६ चैत्र २९ गते शनिबार १६:५०:३७ मा प्रकाशित

डोल्पा । डोल्पामा  क्वारेन्टाइनमा बसेका ७५ जना घर फर्केका छन् । कोरोना भाइरस (कोभिट–१९) नेपालगन्जबाट जिल्ला आएका ७५ जना १४ दिनपछि घर फर्किएका हुन् । सरकारले गरेको लकडाउन पछि नेपालगन्ज हुँदै डोल्पा पुगेका १३४ जना मध्ये शनिवार ७५ जना १४ दिनमा घर फर्किएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार सरस्वती माध्यमिक विद्यालयका ३२ जना, आदर्श माध्यमिक विद्यालयका १७ जना, गौरी आधारभूत विद्यालयका १० जना, बिद्यामन्दीर माध्यमिक विद्यालयका १६ जना गरी ७५ जना घर फर्किएका छन् ।

उनीहरूमा कोरोनाको कुनै पनि लक्ष्यणहरु नदेखिएकोले नियमानुसार चेक जाँचपछि १५ औँ दिनमा घर पठाइएको ठुली भेरी नगरपालिका स्वास्थ्य संयोजक ताराकुमारी महाताराले बताइन् । बाँकी जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टिनमा रहेकालाई पनि चेक जाँच पश्चात् १५ दिनमा घर फर्काउने तयारी रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

जिल्लामा अहिले सम्म १० बेडको आइशोलेसन कक्ष र एक सय बढी  क्वारेन्टाइन निर्माण गरेर क्वारेन्टीनमा राखिएको थियो । हाल सम्म यस जिल्लामा कोरोना रोगका लक्षणसँग मिल्दा जुल्दा बिरामी रहेको भने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top