होमपेज / समाज
काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरिएकाे छ । नेपाल प्रहरीको बढुवा समितिको शुक्रबारको बैठकले १० जना एसएसपीहरूलाई डिआइजी बढुवामा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस गरिएकाहरूमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रबिन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बि.सी. रहेका छन् ।
उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) बमोजिम बढुवा गरिएको हो । गत सोमबारको मन्त्रिपरिषद् बैठकले डिआइजीको दरबन्दी १४ कायम गरेपछि रिक्त १० पदका लागि ३४ एसएसपीहरूबाट १० जना छानिएका हुन् ।