ट्रेण्डिङ

होमपेज / समाज

महासचिव कंडेलको सहयोगमा खाद्यान्न वितरण

नेपालगाथा २०७६ चैत्र २८ गते शुक्रबार १७:०३:२९ मा प्रकाशित

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव तथा असिम अटो पार्टसका सञ्चालक व्यवसायी लक्ष्मण कंडेलको सहयोगमा करिव ६६ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । शुक्रबार कंडेलको सहयोगमा वडा नम्बर तिन नयाँ टोलका विपन्न परिवारलाई खाद्यन्न सामाग्री चामल, दाल नुन र तेल वितरण गरिएको हो ।
कंडेलले वीरेन्द्रनगर नगरपालिकाको राहतकोषमा सहयोग जम्मा गरेर त्यहाँबाट अनुमति लिएर मात्रै वडा नम्बर ३ को नयाँ टोललाई सहयोग गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले जानकारी दिए ।
व्यवसायी कंडेलको सहयोगमा हामीले वडा नम्बर ३ को नयाँ मार्गमा राहत वितरण गरेका छौँ । उनले भने, ‘टोलका झण्डै ६६ घर धुरीलाई हामीले राहत दिएका छौं । ज्याला मजदुर िगर्ने, कोठा भाडामा बस्ने र अत्यावश्यक परेका नागरिकलाई यो राहत वितरण गरेका हौं ।’ कंडेलले ६६ परिवार गरेर झण्डै ७५ हजार बराबरको राहत सामग्री वितरण गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top