ट्रेण्डिङ

होमपेज / समाज

चामुण्डाका १७ जनाकै रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७६ चैत्र २८ गते शुक्रबार १४:१४:१८ मा प्रकाशित

सुर्खेत । चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेख विभिन्न क्वारेन्टाइनमा रहेका व्याक्तिहरुको नमुना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रबार रिर्पोट नेगेटिप आएको जानकारी दिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डाक्टर निरन्जन पन्तले कोरोना आसंका गरि लगिएका १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

यस अघि मंगलबार जिल्ला अस्पताल दैलेखबाट खटिएको डाक्टरहरुको टोलीले चामुण्डाका विभिन्न क्षेत्रका गरेर १७ जनाको नमुना परिक्षणको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगेको थियो । नगर भित्र रहेका विभिन्न क्वारेन्टाइन क्षेत्रहरु जस्तै चामुण्डा क्याम्पसबाट ३ जना, जनता मावि बस्तेकोटबाट ३ जना, कर्णाली जनचेतना आ.वि पालेतडाबाट ४ जना, भैरव मा.वि डौसुरबाट ३ जना र आमकोट आ.वि आकोट ४ जना गरी १७ जनाको नमुना जाँचको लागि लगिएको थियो ।

रिपोर्ट नेगेटिभ आए संगै दुई हप्ता पुरा गरेका व्याक्तिहरुलाई थप दुई हप्ता सम्म होम क्वारेन्टाइनमा रहने प्रतिवद्धता गराई आवश्यक व्यवस्थापका लागि नगरलाई अनुरोध गरिएको उनको भनाई छ । जस अन्तर्गत २ हप्ता क्वारेन्टाइनमा बसेका मानिसहरु पुन २ हप्ता होम क्वारेन्टाइनमा रहने गरि पठाइने चामुण्डा विन्द्रासैनी नगरपालिकाले जानकारी दिएको छ । हाल चामुण्डा बिन्द्रासैनीमा विभिन्न देशबाट आएका करिव एक सय २० जना भन्दा बढि विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top