होमपेज / समाज
सुर्खेत । अनेरास्ववियू जिल्ला कमिटी सुर्खेतको आयोजनामा शुक्रबार मध्यश्चिमाञ्चल विश्वविद्यालयमा गरिएकाे रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएकाे छ । विश्वमा कोरोना रोगले महामारीको रुप लिइरहेको समयमा रगतको अभाव हुन नदिन रक्तदानको आयोजना गरिएको अनेरास्ववियू जिल्ला कमिटी सुर्खेतका संयाेजक धुपेन्द्र शाहीले बताए । प्रदेश अस्पताल सुर्खेतमा रगतको आभाव देखिएकाले रगतकाे अभाव हुन नदिन विश्वविद्यालयकाे क्याम्पस परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएकाे अनेरास्ववियू क्याम्पस समितिका अध्यक्ष निकुञ्ज पाण्डेले बताए।

लकडाउनका कारण रगतको अभाव भएको वेला अनेरास्ववियूले गरेको रक्तदानबाट धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्राविधिक दिपेन्द्र केसीले बताए । उहाँका अनुसार अहिले विषेश गरेर मृगौला डायलासिसका विरामी र गर्भवती महिलालाई बढी रगत चाहिने गरेको छ । रक्तदान गर्नेहरुलाई सुरज थापाले फलफूलको व्यवस्था गरेका थिए ।

रक्तदान कार्यक्रमा विश्वविद्यालका उपप्राध्यापक, विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मीलगायतकाे सहभागिता रहेकाे िथयाे ।


