होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा ऐशिएन लाइफ इन्स्योरेन्सले ५ लाख सहयोग गरेको छ । कोरोना भाईरस कोभिड (१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बर्ष प्रवेश गरेको अवसरमा बिहिबार सहयोग हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीलाई चेक हस्तान्तरण गरिएको हो । ‘विपत्तीको बेला सबैले सहयोग गर्नु पर्छ भनेर कम्पनीले सबै प्रदेशमा ५ लाख दिने निर्णय गरेको कम्पनीका सहायक महाप्रबन्धक एवं कर्णाली प्रदेश प्रमुख विजय पराजुलीले जानकारी दिए । कम्पनीले उपलब्ध गराएको चेक ग्रहण गर्दै कानुन मन्त्री भण्डारीले सबैको सहयोगबाट कोरोना प्रकोप मात्र होइन अन्य प्राकृतिक विपत्तीहरुको सामाधान गर्न सकिने प्रतित्रिया दिएका थिए ।