ट्रेण्डिङ

होमपेज / समाज

वडाबासीलाई मास्क र साबुन वितरण

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार २०:१८:१० मा प्रकाशित

इन्द्र बुढाथोकी
सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेको वडा कार्यालय साबुन र मास्क वितरण गरेको छ ।  बनगाड कुपिण्डे ४ न वडा अध्यक्ष मोमत रोकाको व्यक्तीगत लगानिमा र अन्य श्री सल्लेरी सामुदायिक वन डोप्के, ठुलटाकुरा सामुदायिक वन देउली,  देउली भाटमारे सामुदायिक वन गर्चे, चिसापानी सामुदायिक वन मुलखोला र लेकवेशी सामुदायिक वन काफलपानीले १०÷१० हजार लगानीमा जम्मा ६० हजार लगानीमा मास्क र साबुन ४ न वडाका ५ सय १५ घरधुरीकालाई साबुन र २५ सय जनालाइ प्रत्येक व्यक्तिलाई मास्क वितरण गरिएको हो ।

वडा अध्यक्ष मोमत रोका लगाएत सस्थाका प्रतिनिधिको उपस्थितिमा मास्क र साबुन वितरण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिट १९)बाट बच्न माक्स र साबुनको प्रयोग बढी मात्रामा गर्नुपर्ने र बजारमा नपाइने समस्या भएकोले केही सामुदायिक वन सहित आफुले व्यक्तिगत लागनी माक्स र साबुन वितरण गरेको अध्यक्ष मोमत रोकाले बताए । साबुन र माक्स वितरण गर्ने र कोरोनाबाट बच्ने उपाय पनि सिकाएको अध्यक्ष रोकाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top