ट्रेण्डिङ

होमपेज / समाज

वडा अध्यक्ष डागीले एक महिनाको तलब राहत कोषलाई दिने

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार २०:११:५२ मा प्रकाशित

इन्द्र बुढाथोकी
सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा १२ का वडा अध्यक्षले आफ्नो एक महिनाको तलब विपद् ब्यबस्थापन राहत कोषलाई दिने बताएका छन । वडा अध्यक्ष गोविन्द डाँगीको नेतृत्वमा विपद् जोखिम न्युनिकरणका लागि राहत रकम जम्मा हुने गरी कोषखडा गरिए संगै वडा अध्यक्ष डाँगीले एक महिनाको तलव राहत कोषलाई दिने बताएका हुन । कोषबाट उठेको र संकलन भएको रकम छिट्टै गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने वडा अध्यक्ष गोविन्द डाँगीले बताए । नगरपालिका कन्छा र विकट वडाका अध्यक्ष समेत रहेका अध्यक्षले आफ्नो एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने र अन्य सदस्यहरुले पनि आफ्नो सक्दो सहयोग राहत कोषमा जम्मा गर्ने बताए ।

यस वडामा कोरोना रोकथाम तथा महामारीसँग जुट्न वडा अध्यक्षको संयोजकत्वमा विपद ब्यबस्थापन समिति समेत गठन गरिएको छ । निगालचुलाका टोलटोलमा विपत ब्यबस्थापन समिती गठन गरिने पनि अध्यक्ष डाँगीले जानकारी दिनु भएको छ । राहतको लागि विपन्न वर्गको छनौट गर्ने क्रम चलिरहेको छ । राहत कोषमा हाल सम्म ५७ हजार रुपैँया संकलन भएको छ । साथै वडामा कोरोना भाइरसको रोकथामको लागी आम वडावासीलाई सचेतिकरण गर्ने क्रम चलिरहेको छ । यस नगरका बिभिन्न वडाहरुमा पनि बिपद् ब्यबस्थापन समिती गठन गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top