ट्रेण्डिङ

होमपेज / समाज

एभरेष्ट क्लवद्धारा सहयोग सामाग्री वितरण

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार २०:०१:०० मा प्रकाशित

चामुण्डा (दैलेख) ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेका क्वारेन्टाइनमा एभरेष्ट क्लव दैलेखले सहयोग सामाग्रीहरु वितरण गरेको छ । क्वारेन्टाइनका लागि सहयोग गरेको सामाग्री बिहीबार नगरपालिकाले क्वारेनटाइनलाई वितरण गरेको हो ।  बुधबारमात्र क्वलले नगरपालिकालाई क्वारेन्टाईनका लागि र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।

सामाग्री वितरण गर्दै चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले एभरेष्ट क्वललाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरस फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । चौथो पटक क्वारेन्टाइनको अनुगमन गर्दैै क्वाइराइनलाई थप व्यवस्थित गर्न र नगरबासीको स्वास्थ्य प्रति नगरपालिका कटिवद्ध भई लागि परेको उनको भनाई थियो ।

कोराना भाइरस संक्रमण रोक्न उच्च सतर्कता अपनाउन लागि नगर–प्रमुख शाहीले नगर बासीलाई आग्रह समेत गरे । अनुगमनका क्रममा उनले भने’ ‘कोराना भाइरसको संक्रमणबाट जोगिन बाहिरबाट आउनेलाई उच्च निगरानीमा राखौँ, आफु सुरक्षित बनौँ, अरुलाइ पनि सचेत तुल्याऔ ं।’ नगरबासीलाई लकडाउनको पूर्ण पालनाका लागि आग्रह गर्दैे संक्रमण फैलन नदिन नगरपालिकाले पुरै सामथ्ये लगाएको उनको दाबी छ ।

यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलकले विकले  क्वारेन्टाइनमा कुनै पनि अभाव हनु नदिने प्रतिवद्धता व्यक्त गरेका छन ।
हाल नगरपालिकाले भारतबाट फर्केकका १ सय २० जनालाई  क्वारेन्टाइनमा राखिको नगरपालिकाले जनाएको छ । इभरेष्ट क्लवले नगरपालिकालाई पिफम, सर्जरी माक्स, सावुन, स्वास्थ्य कर्मीको सुरक्षाको लागि पिपिए सेट लगायतको आवश्यक अन्य सामाग्री सहयोग गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top