ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगर नगर गाैरवका याेजनाकाे रकम बिपद् काेषमा

सबै जनप्रतिनिधिले चैत महिनाकाे घरबहाल रकम मिनाहा गरिदिने

नेपालगाथा २०७६ चैत्र २७ गते बिहीबार ०८:५७:४० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले काेराेना भाइरसका विरुद्धमा लड्नका लागि महत्वपूर्ण निर्णयहरु गरेकाे छ । वीरेन्द्रनगर नगरपालिकाका उपमेयर माेहनमाया ढकाल (भण्डारी) काे अध्यक्षतामा बसेकाे बैठकले नगरमा विभिन्न जिल्लाबाट अाई अस्थायीरुपमा बसाेबास गर्ने अति विपन्न परिवार, मजदुर तथा विद्यार्थीलाई राहत वितरणका लागि ८० लाख रकम बजेट विनियाेजन गरेकाे छ । उक्त रकम नगर गाैरबका याेजनाबाट कटाैती गरी बिपद् काेषबाट खर्च गरिने उपप्रमुख ढकालले नेपालगाथालाई बताउनुभयाे ।

राहत वितरणलाई प्रभावकारी बनाउन र वास्तविक पीडितले राहत पाउनका लागि नगरपालिकाले प्रत्येक वडालाई कडा निर्देशन समेत दिएकाे छ । राहत वितरण पश्चात प्रत्यक वडाले अनिवार्य सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्नुपर्ने बैठकले निर्णय गरेकाे छ । 

मापदण्ड विपरीत गलत नाम सिफारिस गर्ने घर धनी, टाेल विकास पदाधिकारी र राहत लिने परिवारलाई समेत नगरपालिकाले कारबाही गर्नुका साथै अागामी दिनमा सेवा सुविधा राक्ने समेत निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनुभयाे ।

यसैगरी नगरका घर बहालमा दिएका सबै जनप्रतिनिधिले चैत महिनाकाे घरबहाल रकम मिनाहा गरिदिने निर्णय गरेकाे छ । साथै सम्पूर्ण घरबहाल दिने नगरबासीलाई चैत महिनाकाे घरबहाल रकम मिनाहा गरिदिन अपिल समेत गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top