ट्रेण्डिङ

होमपेज / समाज

दैनिक पाँच घन्टा दैनिक उपभोग्य पसल खोलिने

नेपालगाथा २०७६ चैत्र २६ गते बुधबार १८:०३:२३ मा प्रकाशित

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि दैनिक पाँच घन्टा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल खोल्ने भएको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै अबदेखि प्रत्येक दिन बिहान ७ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म खाद्यान्नलगायतका अति आवश्यक पसल खोल्ने जनाएको हाे। कोरोना भाइरस (कोभिड - १९) रोकथाम नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरीय कमाण्डको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले दाल, चामल, नुन, तेल, डेरी र तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीका पसल मात्र खुला रहने बताउनुभयो। हरेक व्यक्ति बीचको दुरी दुई मिटरको कायम गरी साबुन पानीले हात धोएर, माक्स र पञ्जाको प्रयोग गरेर मात्र सामग्री वितरण गर्न आह्वान गरिएको छ। महासचिव कँडेलले आवश्यकता अनुसार खाधान्न पसल सञ्चालन गर्न सबैमा आग्रह समेत गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top