होमपेज / समाज
सुर्खेत। दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा क्वारेन्टाइनमा बसेका १७ जनाको नमुना परिक्षण्को लागि कर्णांली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । मंगलबार जिल्ला अस्पताल दैलेखबाट खटिएको डाक्टरहरुको टोलीले विभिन्न क्षेत्रका गरेर १७ जनाको नमुना परिक्षणको लागि लगेको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले दिएको छ । नगर भित्र रहेका विभिन्न क्वारेन्टाइन क्षेत्रहरु जस्तै चामुण्डा क्याम्पसबाट ३ जना, जनता मावि बस्तेकोटबाट ३ जना, कर्णाली जनचेतना आ.वि पालेतडाबाट ४ जना, भैरव मा.वि डौसुरबाट ३ जना र आमकोट आ.वि आकोट ४ जना गरी १७ जनाको नमुना संकलनको लागि लगिएको नगर प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए ।
जिल्ला अस्पतालबाट डाक्टर जगत बहादुर थापाको नेतृत्वमा आएको डाक्टरहरुको समुहले नमुना परिक्षणको लागि लगिएको नगरपालिकाले जानकारी दिएको । कोरोना भाइरस कोभिड १९ले विश्वभर माहामारी रुप लिए संगै नगरपालिकाबाट भारत तथा अन्य तेस्रो मुलुमा रहेका मानिसहरु फर्कीएपछि अहिले नगरपालिकाले विभिन्न क्षेत्रका क्वारेन्टाइनमा राखेको जनाएको छ । लगिएका नमुनाको परिक्षण गरेर आवश्यका अनुसार थप नमुना पनि संकलन गरेर लगिने डाक्टर थापाले जानकारी दिए ।