ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा कोरोनाको जोखिम

नेपालगाथा २०७६ चैत्र २५ गते मंगलबार १६:२९:२२ मा प्रकाशित

सुर्खेत । छिमेकी प्रदेश सुदूरपश्चिमबाट कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेपछि कर्णाली प्रदेशले आफ्नो प्रदेशमा सतर्कता बढाएको छ । सुदूरपश्चिमजस्तै कर्णाली प्रदेश पनि भारतबाट प्रवासी नेपालीहरु बढी भित्रिने क्षेत्रमा पर्छ । कर्णालीमा विभिन्न जिल्लाका बासिन्दाहरु भारतमा रोजगारी गर्न जाने गर्छन्, जो अहिले स्वदेश भित्रिएका छन् ।

कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन परिषद्, अनुगमन समिति, विभिन्न उपसमिति र प्रदेश संकट व्यवस्थापन केन्द्रलगायतका संरचनामार्फत कोरोना रोकथामको तयारी थालेको छ । हालसम्म यहाँ संक्रमित नदेखिए पनि प्रदेश उच्च जोखिममा रहेको निष्कर्षसहित कर्णाली सरकारले १० वटै जिल्लाका स्थानीय तहमा दोस्रो तहको तयारी थालेको छ ।

कर्णालीमा सुदूरपश्चिमकै जस्तै विशेषता भएकोले भयावह अवस्था आउन नदिन केन्द्र सरकारका सबै निर्णय र लकडाउनलाई कार्यान्वयन गराउन बल प्रयोग गर्नसमेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् ।

सुदूरपश्चिमजस्तै जोखिममा छ कर्णाली

कर्णालीमा हालसम्म संक्रमित नभेटिए पनि उच्च जोखिममा छ । पूर्वतयारीमा सरकार चुकेको अवस्थामा कर्णालीले सुदूरपश्चिमकै नियति भोग्नुपर्ने निश्चित छ । कर्णालीमा पनि ठीक सुदूरपश्चिमकै अवस्था छ । किनभने, यहाँ भारतबाट फर्किनेको संख्या ठूलो छ ।

प्रदेश सरकारको तथ्याङ्कअनुसार विदेशबाट ८ हजार ६५० जना आएका छन् । केही बाहेक यो संख्या भारतबाट आउनेको हो । तर, भारतबाट आएका धेरैजसो क्वारेन्टाइनमा नबसी गाउँ पुगेका छन् । उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेको समेत निश्चित हुन सकेको छैन ।

फा्रन्सबाट कतार हुँदै नेपाल आएको जहाजमा संक्रमितहरुसँगै चैत ४ गते आएका दैलेखका स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा नबसेको र २० दिनसम्म पनि परीक्षण नगराउनुले नै यो पुष्टि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top