होमपेज / समाज
कोरोना भाइरसबाट बच्नका लागि हिजोआज संसारभरीका मानिसहरुले स्वयंलाई क्वारेन्टाइनमा राखेका छन् । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो पौष्टिक आहारमा परिर्वतन गर्नु भएन भने विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ ।
यो कुरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले हालै मात्र नयाँ निर्देशिका जारी गरेको छ, जसका आधारमा घर भित्र रहेर पनि आफुलाई स्वस्थ र फिट राख्न सकिनेछ । यसका साथै यी पौष्टिक आहार सम्बन्धि जानकारीले रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । त्यसैले क्वारेन्टाइनमा के–के खाने र कुन– कुन कुराबाट बच्ने भन्ने बारेमा केही जानकारी :
विश्व स्वास्थ्य संगठनद्वारा जारी गरिएको खाना तथा पोषण निर्देशिकामा उल्लेख गरिएका कुराहरु यस प्रकार छन् :
खानपिन कस्तो हुनुपर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार क्वारेन्टाइनको क्रममा प्याकेटमा बन्द, डिब्बा बन्द खानेकुरा, नून तथा चीनीको सेवन कम मात्रामा गर्नु पर्छ । घरमा बनेका स्वस्थ र पौष्टिक भोजन खानु पर्छ । यसका साथै धेरै चिया अथवा कफिको सेवन गर्नु हुँदैन । धेरै चिया–कफी पिउनाले पेट सम्बन्धि समयस्याहरुको सामना गर्न पर्ने हुन सक्छ ।
पहिला के खाने ?
कुन कुन कुराहरुबाट बच्नु पर्छ ?
खाना बनाउने सही तरीका
यसको लागि खाना बनाउने समयमा त्यस्तो विधिको प्रयोग गर्नु पर्छ, जसमा कम मात्रामा चिल्लोको प्रयोग होस् ।
—खानालाई बाफले पकाउनुपर्छ ।
—आगोमा ग्रिल गरेर पकाउनुपर्छ ।
—खानेकुरालाई डीप फ्राई गर्नु भन्दा कम तेलमा तार्नुपर्छ ।
—खाना बनाउनका लागि अलिभ अयल,सनफ्लावर अयल प्रयोग गर्नुपर्छ ।
खाना बनाउँदा थाहा हुन पर्ने सुरक्षित जानकारीहरु
—खाना बनाउनु अगाडि हातलाई राम्रोसंग धुनुपर्छ ।
—खाना बनाउने भाडा र भान्छालाई दिनहु सफा गर्नुपर्छ ।
—फ्रिजमा मासु, काँचो खानेकुरा र पाकेको खानेकुरालाई भिन्दा–भिन्दै राख्नुपर्छ ।
—दाल–तरकारीलाई पकाउनु अगाडि राम्ररी सफा गर्नुपर्छ ।
—फ्रोजन खानेकुरा र पाकेको खानेकुरालाई ५डिग्री सेल्सियस तल राख्नु पर्छ कि भने ६० डिग्री सेल्सियस भन्दा माथि राख्नुपर्छ ।