ट्रेण्डिङ

होमपेज / समाज

जनकल्याणले गर्यो वडालाई सहयोग

नेपालगाथा २०७६ चैत्र २२ गते शनिबार २२:०७:२८ मा प्रकाशित

सुर्खेत ।  जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले वीरेन्द्रनगर–१ ले वडा कार्यालयलाई दुई लाख हस्तान्तरण गरेको छ । कोरोना भाईरस ९कोभिड–१९० को सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनले अतिबिपन्न, दैनिक ज्याला मजदुरी जिविको पार्जन गर्ने परिवारको सहयोगका लागि नगद रकम हस्तान्तरण गरिएको हो । वीरेन्द्रनगर–१ को वडा विपद् तथा जलवायू उत्थानशिलता समितिको नाममा चेक हस्तान्तरण गरिएको हो । सहकारीका अध्यक्ष महेन्द्र प्रसाद शर्माले वडा अध्यक्ष गंगाराम सुनारलाई सहयोग स्वरुप चेक हस्तान्तरण गरेका हो । प्राप्त रकमबाट न्यून आयस्रोतभएका वडाबासीलाई खाद्यान्न सामाग्री खरिद गरी वितरण गरिने जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा सहकारीका सचिव चन्द्र बहादुर सुनार, कोषाध्यक्ष हरि पौडेल, सदस्य रमेश प्रसाद दाहालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top