ट्रेण्डिङ

होमपेज / समाज

मिनीट्रक दुर्घटना हुँदा चार घाइते

मिनीट्रकमा क्वारेन्टाइन निर्माणका सामग्री र खाद्यान्न

नेपालगाथा २०७६ चैत्र २० गते बिहीबार २३:११:१७ मा प्रकाशित

दैलेख । क्वारेन्टाइन निर्माणका सामग्री र खाद्यान्न लिएर दैलेखको ठाँटीकाँध गाउँपालिका जाँदै गरेको मिनीट्रक दुर्घटना भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

सुर्खेतबाट सामग्री बोकेर ठाँटीकाँध गाउँपालिका जाँदै गरेको भे.१ख २७३० नम्बरको मिनीट्रक दुल्लु नगरपालिका-३ सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

चालक ठाँटीकाँध गाउँपालिका-६ का २३ वर्षीय सागर शाहीको अवस्था चिन्ताजनक छ । ट्रकमा रहेका  लक्ष्मी थापा, रमिला थापा र कर्णबहादुर बुढा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चारैजनालाई उपचारका लागि  सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top