ट्रेण्डिङ

होमपेज / समाज

मजदुरलाई वीरेन्द्रनगर नगरपलिकाकाे राहत वितरण

नेपालगाथा २०७६ चैत्र २० गते बिहीबार १८:५४:५९ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपलिकाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई राहत वितरण गरेको छ ।

सरकारले लकडाउन घोषणा गरेसंँगै दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनका समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने अवस्था नभएको भन्दै नगरपालिकाले बिहीबार वडा नं. ५ को श्रीनगर टोलबाट राहत वितरण सुरु गरेकाे हो । नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्ने जनाएकाे छ ।

नगरपालिकाले राहत स्वरुप ४ जनासम्म परिवार संख्या हुनेलाई १५ केजी चामल, एक केजी नुन र एक प्याकेट तेल वितरण गरेको छ । ४ जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा भने ३० केजी चामल, एक केजी नुन र एक प्याकेट तेल वितरण गर्न लागेको नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

राहत वितरणमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले दैनिक मजदुरी गर्न नपाएर छाक टार्न गाह्रो हुनेहरुका लागि राहत वितरण गर्न लागिएको बताउँदै लकडाउनको पुर्ण पालना गरेर संक्रमण फैलिनबाट रोक्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top