होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोना रोगका शंकास्पद बिरामीको थ्रोब स्वाब जाँच शुरू भएको छ । संघीय सरकारले उपलब्ध गराएको पिसीआर मेसिन बुधवार जडान भएपछि परीक्षण शुरु भएको हो ।
मेसिन जडान भएको पहिलो दिन ४ जनाको स्वाब नमूना जाँच गरिएको थियो जसमा सबै रिपोर्ट नेगेटि आएको छ । भारतबाट आएर क्वारेन्टाइन बसेका ३ जना र प्रदेश अस्पतालको इमरजेन्सीमा रहेका एक जना गरी चार जनाको स्वाब परीक्षण गरिएकोमा सबै रिपोर्ट नगेटिभ आएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् ।