ट्रेण्डिङ

होमपेज / समाज

अमेरिकामा बढ्दै कोरोना संक्रमित, ५ हजारको मृत्यु

अमेरिकामा मात्रै २ लाखभन्दा बढी एक्टिभ केस

नेपालगाथा २०७६ चैत्र २० गते बिहीबार ०८:४९:४७ मा प्रकाशित

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को प्रकोप अझै बढिरहेको छ । बिहीबार बिहानसम्मको तथ्यांक हेर्दा एक्टिभ केसमात्रै २ लाख भन्दा बढी पुगेको छ ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार संक्रमितको संख्या २ लाख १५ हजार पुगेको छ । यो संख्या अझै बढ्न सक्ने जनाइएको छ । पछिल्लो चौबीस घण्टमा १ हजार ४९ जनाको मृत्यु भएको छ भने २६ हजार ४ सय ७३ नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि इटालीमा १ लाख १० हजार नाघेको छ भने स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ । हाल विश्वभर ९ लाख ३५ हजार ५ सय भन्दा बढी संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४७ हजार २ सयको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top