होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट पनि अब कोरोना भाइरस कोभिड १९ को परिक्षण हुने भएको छ । राजधानी वीरेन्द्रनगर स्थित कालागाँउमा रहेको अस्पतालमा भाइरसको संक्रमण जाँच गर्ने मेसिन जडान गरिए संगै परिक्षण अब सुर्खेतबाट हुने भएको हो ।
यस अघि संघिय सरकारले कोरोना जाँच गर्ने मेशिन तथा उपकरण सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएको हो ।
मेसिन आए संगै बिहिबारदेखि नै कोरोनाको परीक्षण सुर्खेतबाटै हुने अस्पतालका मेडिकल सुपरिटेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । सुर्खेतमै प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने उनको भनाई छ । दैनिक १५ वटाको दरले परीक्षण गर्न मिल्ने उनको भनाई छ । यदि कुनै केश पोजेटिभ आए राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा पठाइने समेत उनको भनाई छ । एउटा केशको परिक्षणका लागि ४० देखि ६० मिनेट लाग्ने बताइएको छ ।