होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा कुमारी बैंकले १० लाख रकम जम्मा गरेको छ। बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कुमारी बैंक सुर्खेत शाखाका प्रबन्धक हिमाल मुडभरीले १० लाखको चेक हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री शाहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार, निजी क्षेत्र, आम नागरिक सबैको सहकार्य अपरिहार्य रहेको भन्दै सहयोगदाताहरूलाई धन्यवाद व्यक्त गरे।
यसैगरी राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेशले ५१ हजार १ सय ५१ रुपैयाँ कोषमा सहयोग गरेको छ। राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई बुधबार नै चेक हस्तान्तरण गरेका छन्।