ट्रेण्डिङ

होमपेज / समाज

बनगाड कुपिण्डे नगरपालिकामा पनि २० शैयाको क्वारेन्टाइन बनाउने

नेपालगाथा २०७६ चैत्र १९ गते बुधबार १४:१५:१८ मा प्रकाशित

इन्द्र बुढाथोकी, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बुधबार बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले क्वारेन्टाइन व्यवस्थापन समिति उपप्रमुको संयोजकत्वमा ७ सदस्य समिति बनाएको छ । बैठकले प्रभाकर माध्यमिक विद्यालयमा २० शैयाको क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । विश्मै कोरोना भाइरसको महामारी फैलिइरहेको बेला नियन्त्रणका लागि नगपालिकाले क्वारेन्टाइन निर्माण गरेको हो । यस्तै बैठकले लकडाउनको समयमा नगरपालिका भित्रका विपन्न परिवारहरुको दैनिक गुजारा चलाउनका लागि खाद्यान्न वितरण गरिने निर्णय गरेको बनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख मञ्जु यरीले जानकारी दिनुभयो ।

विपत व्यवस्थापन “समितिको वैठकले विपन्न परिवारहरुलाई खाद्यान्नका साथै चार जना सम्मको परिवारलाई २ हजार र पाँच जना देखि माथीको परिवारलाई ३ हजार रुपैया सम्म वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा उपलव्ध गराउने निर्णय गरेका छौं,” उप प्रमुख मञ्जु यरीले भन्नुभयो । यस्तै बैठकले नगरपालिका भित्रका मुख्य बजारहरुमा किटनासक बिषादी छर्किने निर्णय गरेको उप प्रमुख यरीले जानकारी दिनुभयो ।

“यो क्षेत्र जाजरकोट देखि डोल्पा सम्म जोड्ने क्षेत्र भएकोले सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेका छौ , हामीले मुख्य बजारहरुमा किटनाशक विषादी छर्किने र २ वटा गाडी भाडामा लिएर तयारी अवस्थामा राख्ने निर्णय गरेका छौ,” उप प्रमुख यरीले भन्नुभयो । यो यसघि जिल्लामा छत्रेश्वरी गाउपालिकाले २० शैया, शारदा नगरपालिकाले २० शैया र सिद्धकुमाख गाउपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top