ट्रेण्डिङ

होमपेज / समाज

विश्वभर ४२ हजारले ज्यान गुमाए, ८ लाख ५८ हजार संक्रमित

कोरोना भाइरस अपडेट

नेपालगाथा २०७६ चैत्र १९ गते बुधबार ११:११:५८ मा प्रकाशित

एजेन्सी। कोरोना भाइरस (कोभिड–१९)बाटज्यान गुमाउनेको संख्या ४२ हजार १ सय ५१ पुगेको छ । विश्वभर संक्रमितको संख्या भने ८ लाख ५८ हजार ६ सय ६९ पुगेको छ । पछिल्ले २४ घण्टामै ४ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् । भने १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।

कारोनाको संक्रमण सुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ८३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्पेनमा पछिल्लो एक दिनमा ७४८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ४६४ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ३ हजार ८६८ पुगेको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा सबैभन्दा धेरै २३ हजार ९४१ कोरोना संक्रमति भेटिएका छन् । २४ घण्टामा स्पेनमा ७ हजार ९६७ नयाँ संक्रमित फेला पर्दा इटलीमा ४ हजार ५३ कोरोना संक्रमित भेटिएका छन् । विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणको आशंकामा ८७ जना आइसोलेसनमा रहेका छन् ।

सरकारले यसको संक्रमण न्यूनिकरणका लागि लकडाउन गरेको छ । लकडाउनको आज नवौं दिन हो । कोरोनाको महामारीबाट बच्न अहिले विश्वको करिव एक तिहाई जनसंख्या लकडाउनका कारण घरभित्रै बस्न वाध्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top