होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशबाट कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागी मंगलवार पठाइएका ११ वटै सबै रिपोर्ट नेगेटिभ आएका छन । काेराेना संक्रमणकाे लक्षणसँग मिल्दाे जुल्दाे विभिन्न ५ वटा जिल्लावाट थ्राेट स्वाब सकलन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय श्राेतले जानकारी दिएकाे छ। ज्वरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका जुम्लावाट ३, सल्यान ३,सुर्खेत ३, रूकुम र कालीकाेटवाट एक/एक गरि ११ वटा थ्राेट स्वाब परीक्षणको लागी मंगलवार काठमाडौं पठाइएको थियो । यसअघि कर्णालीवाट पटकपटक गरि पठाइएका १७ वटै परीक्षणमा पनि नेगेटिभ देखिएकाे थियाे।
पहिलाे चरण परीक्षण गर्दा नेगेटिभ अाएपनि काेराेना संक्रमणबारे शतप्रतिशत नतिजा भने नअाउने भएकाले पुन: परीक्षण गर्नुपर्ने हुन्छ। यसैबीच सुर्खेतमै कोरोनाको परीक्षण हुने तयारी गरिएको छ । संघीय सरकारले चीनबाट आएका पाँच मध्ये एउटा मेसिन अाज सुर्खेतलाई हस्तान्तरण गरेपछि अब सुर्खेतवाटै काेराेना परीक्षणकाे तयारी थालिएकाे हाे। अाज मेसिन पुगेपछि त्यसकाे जडान र काम शूरू गर्न भने केही दिन लाग्ने भएकाे छ।