ट्रेण्डिङ

होमपेज / समाज

चामुण्डामा भारतबाट फर्केका १ सय १३ जना क्वारेन्टाइनमा, नगर प्रमुखद्धारा क्वारेन्टाइनको अनुगमन

नेपालगाथा २०७६ चैत्र १८ गते मंगलबार १९:५३:५५ मा प्रकाशित

चामुण्डा दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले भारतबाट फर्केका १ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाईरस फैलिन नलिन नगरपालिकाले पाँच स्थानमा क्वारेन्टाईन निर्माण गरी भारतबाट फर्केका  १ सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  जस मध्य वडा नं. ७ को कर्णाली जनचेतना आधारभुत विद्यालय पालेतडामा ५७ जना , वडा नं. ९ को  भैरव माध्यमिक विद्यालय डौसुरमा १५ जना,  वडा नं. ८ को ओमकोट आधारभुत विद्यालय ओमकोटमा १६ जना र वडा नं. ५ को जनता माध्यमिक विद्यालय बस्तेको १७ जना र वडा नं. ३ को चामुण्डा क्याम्पसमा ९ जनालाई क्वारेन्टाइनमा राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिनुभयो । आश्यकता आधारतमा क्वारेन्टाइन थप गर्ने उहाँले बताउनु भयो ।

यसै गरी मंगलबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले क्वारेन्टाइनको अनुगमन गर्नु भएको छ । स्वास्थ्यकर्मी सहित क्वारेन्टाइनमा राखिएका व्यक्तिको अवस्थान बुझन् सबै क्वारेन्टाइनको अनुगमन गर्न पुग्नु भएका शाहीले जनताको स्वास्थ्य भन्दा ठुलो अन्य केही नभएकाले नगरपालिकाले कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइन तयार गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकास निर्माण केही समयपछि गरौला, वर्तमान आवश्यकता भनेको जनतालाई बचाउनु हो ।’ हामी जनतालाई बचाउन र कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइन निर्माण गरेको छौँ ।’  उहाँले क्वारेन्टाइनमा बसेकाहरुलाई भन्नुभयो, तपाई तोकिएको समय क्यारेन्टाइनमा बस्नुहोस, कुनै लक्षण नदेखि तोकिएको समयमा घर जान पाउनु हुनेछ ।’ कसैलाई लक्षण देखिएमा सुविधा सम्पन्न अस्पताल पठाउने नगरपालिकाले व्यवस्था गरेको छ ।’ साथै क्वारेन्टाईन अवद्यिभर नगरपालिकाले  खानको व्यवस्था समेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top