ट्रेण्डिङ

होमपेज / समाज

केन्द्र सरकारले पठाएको औषधी डोल्पा पुग्यो

नेपालगाथा २०७६ चैत्र १८ गते मंगलबार १७:०३:३७ मा प्रकाशित

सुर्खेत । केन्द्र सरकारले पठाएको औषधी जन्य सामाग्री कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा पु¥याएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री औषधि र उपरकण सहित डोल्पा पुगेका हुन । सेनाको हेलिकप्टरबाट डोल्पा पुगेका मुख्यमन्त्री शाही र रावललाई जिल्ला अस्पताल डोल्पामा पु¥याएका हुन ।

हेलिकोप्टरमा ल्याइएको सर्जिकल मास्क २ हजार, पिपिई ६० थान, लुज ग्लोब्स एक हजार ९५ लगायत पारा सिटामोल स्वास्थ्य सामग्री  स्वास्थ्य सेवा कार्यालयले बुझेको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी देबहादुर बिसीले जानकारी दिए । आइसोलसनका दुई बिरामीको स्वाब सुर्खेत पठाइयो आइसोलेसनमा राखिएका दुई जना बिरामीको स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको उनको भनाई छ ।

शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा कार्यरत दुई जना कर्मचारीको स्वाब हेलिकप्टरमार्फत सुर्खेत लगिएको र केही दिनमा रिपोर्ट आउने जिल्ला अस्पतालका डाक्टर सिजन रावलले जानकारी दिए । करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुसँग बसेका मुख्यमन्त्री शाही र मन्त्री रावलले अस्पतालको निरीक्षण समेत गरेका थिए ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top