ट्रेण्डिङ

होमपेज / समाज

वीरेन्द्रनगरले एकद्वारबाट राहत वितरण गर्ने

नेपालगाथा २०७६ चैत्र १७ गते सोमबार १८:५०:४९ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले एकद्वारबाट राहत तथा जनचेतना मुलक कार्य गर्ने बताएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले विभिन्न संस्थाहरुलाई आफु खुसी राहत वितरण नर्गन आग्रह गरेको हो ।  नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमति बिना राहत रकम र सामाग्री वितरण गर्न नपाइने बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ । ‘विभिन्न बस्तीमा राहत एवं सुरक्षा सामग्री वितरण गराउने तथा प्रचारप्रसारका कार्यहरू गर्ने गरेको गुनासो नगरपालिकामा प्राप्त हुन आएकाले यसरी आफू खुशी यस प्रकारको काम गर्दा संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, कोरोना संक्रमण झनै फैलिने जोखिम भएको र उक्त कार्यहरू र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएकाले यस संकटको घडीलाई सबै मिलेर पार गर्ने उद्देश्यका साथ राहत, सहयोग सामग्री तथा जनचेतनाको कार्य एकद्वारबाट गर्ने गरी व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघसंस्था व्यक्तिले आफू खुशी यस प्रकारको कार्य नगर्न नगराउन जानकारी गराइन्छ ।’

साथै कोहि कसैले नगर क्षेत्र भित्र खाद्यन्न तथा जिन्सी सहयोग गर्न चाहेमा नगरपालिकालाई सहयोग गर्न तथा नगद सहयोगको हकमा नगरपालिकाको राष्ट्रिय बाणिज्य बंैक सुर्खेतको खातामा रहेको ‘प्रकोप व्यवस्थापन कोष खान नम्बर ४०८०३०५०५००२’ मा जम्मा गरी भौचर नगरपालिकाको ईमेल ठेगानामा पत्र बढाउन आग्रह समेत गरेको छ । प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने समेत बताइएको छ । नगरपालिकाको अनुमति विना वितरण लगायतका गतिविधि भएको खण्डमा सम्बन्धित व्यक्ति, संघसंस्थालाई सो कार्य गर्नबाट रोकेर नियमानुसार कारवाही गरी सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top