ट्रेण्डिङ

होमपेज / समाज

संयम रहेर कोरोना नियन्त्रणमा सघाउन सांसद विद्या भट्टराईको अपिल

नेपालगाथा २०७६ चैत्र १७ गते सोमबार १७:१६:०४ मा प्रकाशित

रामजीप्रसाद लम्साल, पोखरा । प्रनिनिधि सभामा कास्की निर्बाचन क्षेत्र न २ बाट निर्वाचित सांसद विद्या भट्टराईले  कोरोना भाईरस (काेभिड १९) ले हामी सबैलाई निकै त्रसित र भयभित बनाएको अबस्थामा संयम रहेर यसको रोकथाम र नियन्त्रणमा विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न कास्की क्षेत्र न २ र आम देश बासिहरुमा अपिल गरेकी छन् । सोमबार एक प्रेस बिज्ञप्ति मार्फत सांसद भट्टराईले विश्वलाई नै चुनौती दिएको यो नियन्त्रण गर्न र  जनताको स्वास्थ्यको रक्षा गर्न सरकार  उच्च स्तरको कार्यमा लागिरहेको भन्दै  सबैलाई उच्च सतर्कताका साथ् आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेकी हुन् ।

बिज्ञप्तिमा  संक्रमण फैलिन नसकोस भन्ने उद्धेश्यका साथ लकडाउनको समय अवधि थप गरिएको छ र यस  अवधिमा जिवनमा आएको असहज परिस्थितिमा पनि कास्की क्षेत्र नं. २ का सम्पुर्ण आदरणीय आमाबुबा, दिदिबहिनी दाजुभाइहरुकोको धैर्यताप्रति  हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यो असामान्य परिस्थितिलाई सामना गर्नका लागि लकडाउन एक मात्र उपाय भएका कारण यसलाई पूर्ण रुपमा पालना गर्नहुनका लागि पनि हार्दिक अनुरोध गर्दछु भट्टराईले भनेकी छन्   । अहिले सम्म नेपालमा ५ जना व्यक्तिमा कोरनाको संक्रमण देखिएकोमा  एक व्यक्ति उपचार पश्चात् निको भई नियमित काममा फर्कनु भएको छ भने चार जना उपचार गराईरहनु भएको छ ।

यो विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर  सेवा प्रदान गरिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान ब्यक्त गर्दै  उहाँहरूको आत्मबल बढाउनका लागि बिमा र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णय प्रति हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु उनले उल्लेख गरेकी छन् । नेपाल सरकारले लकडाउन को समय अवधि थप गर्दै राहत प्याकेजको समेत घोषणा गरेको छ यसले विपन्न समुदाय र  श्रमिकहरुलाई राहतको महसुस गराएको छ । यो संकटको अवस्थामा निरन्तर आफ्नो कार्यक्षेत्रमा कृयाशिल, सुरक्षाकर्मीहरू, सूचना संप्रेषण गरिरहनु भएका सम्पूर्ण सञ्चारकर्मीहरुमा हार्दिक सम्मान ब्यक्त गर्दछु ।विदेश बाट फर्किएर आउनु भएका सम्पूर्ण ब्यक्तित्वहरुलाई सुरक्षित रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न हुन अनुरोध गर्दछु । ब्यक्ति आफु सुरक्षित रहन सकेमा संक्रमणको जोखिममा कमि हुनेछ भन्ने सवालमा हामी सबैको होशियारी आवश्यक हुन्छ ।  

तीनै तहका सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारका सवालमा गरेका प्रयासहरू सकारात्मक छन् । आज हामी सबैको सामु यो विषम परिस्थिति उत्पन्न भएको छ   सधै जस्तै साथमा रहिरहने छु भन्ने विश्वास यहाँहरुलाइ दिलाउन चाहन्छु । उनले भनेकी छन् । जनताहरुको  समस्या  समाधानका लागि सम्बन्धित निकायहरुसंग समन्वयकारी भूमिका निर्वाह गरिरहेको  भन्दै भट्टराइले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पूर्ण रूपमा पालना गरिदिनुहुन र  कोरोना भाइरसको महामारीबाट बच्न अत्यावश्यक काम बाहेक घर भित्रै बसेर सहयोग गर्नु हार्दिक अनुरोध गरेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top