ट्रेण्डिङ

होमपेज / समाज

विपद् कोषमा सिद्धार्थ बैंकको १० लाख

कर्णाली सरकारको विपद् व्यवस्थापन कोष

नेपालगाथा २०७६ चैत्र १५ गते शनिबार १८:१५:०४ मा प्रकाशित

सुर्खेत । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेकाे छ ।

शनिवार सिद्धार्थ बैंकको तर्फबाट बैंकका म्यानेजर रञ्जन कोइरालाले १० लाख रुपैयाँको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेशमा काेराेना भाइरसका स‌क्रमण भित्रिन नदिन र यदि भित्रिहालेमा राेकथामका लागि प्रदेश सरकार र निजी क्षेत्र सबैबाट हातेमालाे गरेर लाग्नुपर्ने मुख्यमन्त्री शाहीले बताए ।

‘काेराेना भाइरस राेकथामका लागि प्रदेश सरकारले अधिकतम प्रयास गरिरहेकाे बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘यो संकटको घडीको सामना गर्न सरकारले निर्माण गरेको कोषमा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु । यसैगरी अन्य क्षेत्रबाट पनि यसरी नै सहयोग हुने अपेक्षा गरेको छु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top