ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनको अवधि बढ्न सक्ने

काेराेना भाइरस स‌क्रमित बढ्न थाले

नेपालगाथा २०७६ चैत्र १५ गते शनिबार १६:५४:०१ मा प्रकाशित

काठमाडौँ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढ्न सक्ने देखिएको छ । हवाई र स्थल मार्ग हुँदै नेपाल छिरेका व्यक्तिहरूको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यका अनुशार अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगी तथा व्यवसायीहरूलाई भनिसकेको छ ।

यसअघि सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि लकडाउन घोषणा गरेको थियो। अाजमात्र कोरोना भाइरस स‌‌क्रमणकाे नयाँ व्यक्ति भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top