ट्रेण्डिङ

होमपेज / समाज

चौकुने गाउँपालिकाको एक घर, एक साबुन अभियान 

कोरोना भाइरसको उच्च सतर्कता

नेपालगाथा २०७६ चैत्र १५ गते शनिबार १६:२५:५९ मा प्रकाशित

गोरख शाही, चौकुने, सुर्खेत । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवल कोरोना भाइरसको रोकथामका लागि तीनै तहका सरकारले पहल गरिरहेका छन् । यसै क्रममा सुर्खेतको चौकुने गाउँपालिकाले एक घर, एक साबुनको अभियानलाई तीब्रता दिएको छ । 
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कोरोना भाइरसबाट बच्ने सबैभन्दा सजिलो उपाय र सबैको पहुँचमा भएको उपाय भनेको साबुन पानीले हात धुनु भएकाले चौकुने गाउँपालिकाका सबै वडामार्फत प्रत्येक घरमा एक साबुन पु¥याउने अभियानलाई तीब्रता दिइएको बताउनुभयो । 
अध्यक्ष शाहीले भन्नुभयो, ‘चौकुने गाउँपालिकाका सबै नागरिकलाई साबुन पानीले हात धुन सचेत बनाउने उद्देश्य अनुरुप एक घर एक साबुन र एक संदेशमूलक पर्चा वितरण गरिएको हो ।’ चौकुने गाउँपालिकाका धेरै व्यक्ति रोजगारका लागि छिमेकी मुलुक भारत जाने भएकाले भारतबाट घर आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएकाले उच्च सतर्कता अपनाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको यस अभियानमा गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष निर्मला राना, प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, सम्पूर्ण कर्मचारी, सबै वडाका वडा अध्यक्ष र सदस्यहरु लगायतको सक्रिय सहभागिता रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top