ट्रेण्डिङ

होमपेज / समाज

कतिसम्म अटेरी मानिस, न त आफू जान्दछ न सरकारले भनेकाे मान्दछ

लकडाउन अवज्ञा गर्नेहरुलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ले नियन्त्रणमा लिदै प्रहरी

नेपालगाथा २०७६ चैत्र १५ गते शनिबार ००:३०:५८ मा प्रकाशित

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लकडाउन गरेको आज चौथो दिन पनि लकडाउनको अवज्ञा गर्नेहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै मानिसलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ ल्याएको छ ।

कोभिड १९ को संक्रमणबाट बच्नका लागि दूरी कायम गर्नुपर्छ, त्यसैले लकडाउन अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ ल्याएको हो ।

निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले लकडाउन अवज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किनेहरुलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गर्न सुरु गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त मेसिनको प्रयोग गरेर चौथो दिन ५० भन्दा धेरैलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top