ट्रेण्डिङ

होमपेज / समाज

‘लकडाउन’ लम्बिए नगरपालिकाद्वारा राहतकाे घाेषणा (बैठकका निर्णयहरुसहित)

नेपालगाथा २०७६ चैत्र १४ गते शुक्रबार १४:५६:०२ मा प्रकाशित

सुर्खेत। कोरोना भाइरस संक्रमणको कारण लकडाउनमा परि दैनिक जीवनयापन गर्न समस्या परेका नगरवासीलाई वीरेन्द्रनगर नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लकडाउन अवधि चैत्र १८ गते पश्चात पनि थप भएमा वीरेन्द्रनगरका बासिन्दामध्ये दैनिक परिश्रम गरी साँझ बिहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान छाक गुजारा गर्न नपाउने किसिमका परिवारहरुको पहिचान गरी त्यस्तो परिवारलाई बन्द नखुल्ने अवधिसम्मका लागि राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

राहतको लागी नगरपालिकाले प्रतिवडा अधिकतम ५ लाखका दरले रकम विनियोजन गर्ने र सो रकमबाट सम्बन्धित वडाले न्यूनतम खाद्यवस्तु (दाल,चामल,तेल र नुनं) राहत स्वरुप उपलब्ध गराउने निर्णय भएको सूचना अधिकारी दिपेन सुबेदीले जानकारी दिए । त्यस्तै बैठकले बन्दको कारणले साँझ विहानको न्यूनतम खाध सामाग्री खरिद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडाबासीले घरबाटै न्यूनतम खाध सामाग्री खरिद गर्न सक्ने गरी हरेक वडामा आवश्यक व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।

बैठकका निर्णयहरु

१ सम्पूर्ण जनप्रतिनिधीहरु, कोरोना संक्रमण विरुद्धको समन्वय समितिका पदाधिकारीहरु र विपद ब्यवस्थापनमा संलग्न हुने पदाधिकारीहरुलाई चौबिसै घण्टा सम्पर्क समन्वयमा रही सम्भावित जोखिम न्यूनिकरणमा सहभागी हुने,
२ सम्पूर्ण स्वास्थ्य सँस्थामार्फत स्वास्थ्यकर्मीहरुले आआफ्नो सुरक्षा ब्यवस्था अपनाई स्वास्थ्य सेवा प्रवाह गर्ने, सोकालागि नगरकार्यपालिकाको कार्यालयले अन्य निकायसँग समन्वय गरी तथा विपद ब्यवस्थापन कोषबाट खर्च हुने गरी ब्यक्तिगत सुरक्षा सामग्री ९एएभ्०, इन्फ्रारेड थर्मोमिटर, ग्लोभहरु, मास्क, ह्याण्ड सेनिटाईजर लगायतका सामग्री तथा आवश्यक न्यूनतम् औषधिहरु खरिद गरी उपलब्ध गराउने,
३ हालसम्म जिल्ला बाहिरबाट आएर घर परिवार तथा होटेलहरुमा बसीरहेका ब्यक्तिहरुलाई सोही स्थानमा निगरानीका साथ बस्ने गरी सबै वडा कार्यालयहरुले वडा विपद व्यवस्थापन समितिमार्फत ब्यवस्थापन मिलाउने, सो बाहेक सरकारी निकायहरुको समन्वयमा उद्दार गरी ल्याइने नगरबासी ब्यक्तिहरुलाई सरकारी विद्यालय, सामुदायिक भवन तथा विभिन्न संघ सँस्था सँग समन्वय गरी प्रत्यक्ष निगरानी ९क्वारेन्टाईन० मा बस्ने ब्यवस्था मिलाउने । यसो गर्दा करिव १०० शैयाको लागि आवश्यक पर्ने न्यूनतम सामग्रीहरु नगरकार्यपालिकाको कार्यालयले विपद ब्यवस्थापन कोषबाट खर्च गर्ने गरी ब्यवस्था मिलाउने ।
४ गर्मीयाम बढ्दै गरेको र संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका जनसम्पर्क बढी हुने टोलहरु,कार्यालयहरु, स्वास्थ्य सँस्था,अस्पताल, क्लिनिकहरु, अत्यावश्यक सामग्री विक्रिवितरण हुने स्थानहरु र मुख्य बजार चोकहरुमा नगरपालिकाको दमकल मार्फत क्रमशः क्लोरिन तथा डिस्ईन्फेक्टर विषादी छर्कने ।
५ विश्वभरी फैलिएको संक्रमण नियन्त्रण नभई नेपाल सरकारद्वाराु लकडाउनु को अवधि चैत्र १८ गते पश्चात पनि थप भएको खण्डमा वीरेन्द्रनगरका बासिन्दा मध्ये दैनिक परिश्रम गरी साँझ बिहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान खान नपाउने किसिमका परिवारहरुको पहिचान गरी त्यस्तो परिवारलाई बन्द नखुल्ने अवधिसम्मका लागि नगरपालिकाले प्रतिवडा अधिकतम ५ लाखका दरले न्यूनतम् खाद्यवस्तु ९दाल,चामल,तेल र नुन० राहत स्वरुप उपलब्ध गराउने । साथै बन्दको कारणले साँझ विहानको न्युनतम खाध सामाग्री खरिद गर्न घर बाहिर जान नसक्ने अवस्था भएमा वडा बासीले घरबाटै न्युनतम खाध सामागी्र खरिद गर्न सक्ने गरी नगरपालिकाले हरेक वडामा आवश्यक व्यवस्था मिलाउने ।
६ नगरका हरेक टोलटोलमा सुरक्षा निकाय सगको समन्वयमा कोरोना भाईरस ९कोभिड १९० को संक्रमणविरुद्ध प्रतिरक्षा गर्ने उद्देश्यले अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउनेु र सम्पूर्ण ब्यक्तिहरुलाई घरमै बसी उक्त संक्रमण विरुद्ध सजग हुने सार्वजनिक सुचना जारी गर्ने ।
७ नगरमा सम्भावित जोखिम न्युनिकरण गर्नका लागि आवश्यक राहत तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समिति समक्ष अनुरोध गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top