ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनले सुनसान जुम्ला

नेपालगाथा २०७६ चैत्र १२ गते बुधबार ०९:४७:४७ मा प्रकाशित

हस्त बुढा, जुम्ला । जुम्लामा कोरोना (कोभिड–१९) भाइरस संक्रमण बाट बच्न लगडाउन गर्दा जुुम्ला सदरमुकाम बजार सुनसान बनेको छ । जुम्लामा गत आईतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लामा ‘लकडाउन’ गरिने निर्णय गरेकाे थियाे । भने, मंगलबार देखि सरकारलेनै देशभरी लगडाउन गरेपछि छ । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्रन नदिन सरकारले शैक्षिक संस्था, अदालत लगायत कार्यालय बन्द गरेपछि जुम्लाबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो ।

सोमबार देखि जिल्ला प्रशासन र मंगलबार देखि सरकारलेनै देशभरी लगडाउन गरेपछि जुम्लामा चहल पहल ह्वात्तै घटेको हो । लामो तथा छोटो दुरीका सबै सवारी समेत ठप्प भएका छन् । जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ । भने, विहान ६ देखि ९ बजे र साँझ ४ देखि ६ बजे सम्म मात्रै अत्याआबश्यक कामका लागि आवतजावत गर्न भनिएको छ । आगामी चैत १६ गते सम्म सम्पुर्णरुपमा घर बाहिर नआउन समेत आग्रह गरिएको छ । सोमबार सम्म संचालनमा रहेका सम्पुर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् ।

विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईस संक्रमणाको उच्च जोखिम नेपालमा भएकाले सरकारले उच्च सतर्कता अपनाउदै घरबाहिर नआउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार बाहिर देशबाट आउने कोहि नागरिकहरुले स्वास्थ्य चेकजाँच नगरेको भए नजिकको हैलथ डेस्क तथा स्वास्थ्य चौकीमा गएर अनिवार्य स्वास्थ्य चेकजाँच गर्न आग्रह गर्नि । करिब हप्ता सम्म लाइएको जनता कफ्र्यूमा कसैले निर्देश्न अटेरी गरेको खण्डमा नियम अनुसार कारबाहि गरिने प्रशासनले सबैका जानकारी समेत दिएको छ ।

लकडाउन भन्नाले जो जहा जस्तो अबस्थामा हुनुहुन्छ त्यहि आफ्नो ख्याल गरेर बस्नुहोस भनेको हो डिएसपी लाल बहादुर धामीले भने, कोरोनाबाट त्रसित भन्दा पनि सजक भएर बसेमा सुरक्षित भईने उनको भनाई छ । लगडाउन संगै जुम्लाका होटल रेष्टुरेष्ट, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, हवाई सेवा लगायत सबै ठप्प भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top