ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश प्रमुख कलौनीद्वारा एक महिना बराबरको पारिश्रमिक रकम प्रदान

नेपालगाथा २०७६ चैत्र ११ गते मंगलबार १९:१५:१० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आफ्नो एक महिना बराबरको पारिश्रमिक रकम नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदान गर्ने जनाउनु भएको छ ।
मंगलबार प्रदेश प्रमुखको कार्यालयको निजी सचिवालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त सहयोगका बारेमा जानकारी गराएको हो । 
कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलिँदै गएकाले नेपाल सरकारले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउनको घोषणा गरिसकेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अहिले सरकारी तथा निजी क्षेत्रले आआफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । सरकारले घोषणा गरेको लकडाउनलाई सबै क्षेत्रबाट आआफ्नो घरबाट बाहिर ननिस्किएर सबैले समर्थन र सहयोग गरिरहेका छन् । 

हेर्नुहाेस् प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top