होमपेज / समाज
सुर्खेत । कोरोनाभाईरस (कोभिड–१९) रोकथामतथा नियन्त्रणका लागि लकडाउन शुरु भएसंगै विच वाटोमाअलपत्रयात्रुको उद्धारकालागि कर्णालीप्रदेश सरकारले निशुल्क हटलाईन सेवा शुरु गरेको छ । कर्णालीप्रदेश सरकारकामुख्यमन्त्री महेन्द्रवहादुर शाहीको निर्देशनमामंगलवार वसेको कर्णालीप्रदेश विपदव्यवस्थापनकार्यकारी समितिले यस्तो निर्णय गरेको हो । कार्यकारी समितिका संयोजकतथा सामाजिकविकास मन्त्रीदल रावलको अध्यक्षतामा सम्पन्न वैठकले आन्तरिक मामिलातथाकानुनमन्त्रालयमा हटलाईन कक्ष रहने गरि १११० नम्वरको हटलाईन सेवा शुरु गर्ने निर्णय गरेको छ ।
घर फर्कने उद्धेश्यले यात्रा शूरु गरि लकडाउनका कारण वाटोमाअलपत्र रहेका कर्णालीप्रदेश भित्रकानागरिकहरुले यो सेवाको उपयोग गरि सरकारलाई आफनो अवस्थाको वारेमा जानकारी दिन सक्ने सामाजिकविकास मन्त्री रावलले जानकारी दिनुभयो । मन्त्री रावलकाअनुसार हटलाईनमाप्राप्त सुचनाकाआधारमा सरकारले यातायातको प्रवन्धगरि अलपत्रयात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने तथा स्वास्थ्यअवस्थाकाआधारमाक्वारेन्टाईनमा राख्नु पर्नेलाई क्वारेन्टाईनमा राख्ने र वाँकीलाई गन्तव्यसम्म पुराउने व्यवस्थागर्नेछ ।
रोजगारीकालागिभारत गएका कर्णालीप्रदेशकाअधिकाँशनागरिक फर्कने क्रममाविच वाटोमाअलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको वताईएको छ ।