ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश प्रमुख कलौनी र मुख्यमन्त्री शाहीबीच भेटघाट

नेपालगाथा २०७६ चैत्र ११ गते मंगलबार १२:१८:५६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच सोमवार बिहान भेटघाट भएको छ । विश्वभर महामारीका रुपमा फैलिदै गएको नोवेल कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट बच्नका लागि प्रदेश सरकारले अपनाएका सावधानीका बारेमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । उक्त अवसरमा प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशमा कोरोना भाइरसलाई भित्रिन नदिनका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच गर्नुपर्ने एवम् विदेशबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न र संक्रमण फेला परेमा तुरुन्त उपचारको पर्याप्त व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सोही अवसरमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच हुनुका साथै हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर वीरेन्द्रनगरको खुल्ला मन्चमा कर्णाली प्रदेश सरकार र नेपाली सेनाको संयुक्त सहकार्यमा ४०० जना राख्न मिल्ने क्वारेन्टाइन बनाउदै गरेको र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नव निर्मित भवनमा ६०० जना राख्न मिल्ने क्वारेन्टाइन बनाउने तयारीमा रहेको बताएका थिए ।

क्वारेन्टाइन क्षेत्रको प्रदेश प्रमुखद्वारा अनुगमन

प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशमा कोरोना भाईरसको संक्रमण हुन नदिनका लागि कर्णाली प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा वीरेन्द्रनगरको खुल्ला मन्चमा निर्माणाधीन क्वारेन्टाइन र क्वारेन्टाइन बनाउने तयारीमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नव निर्मित भवनको अनुगमन गरेका छन् । सो अवसरमा नेपाली सेनाका पृतनापति सुरेन्द्र प्रताप जंग राणाले निर्माणाधीन क्वारेन्टाइनको अवस्था र मोडलको बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले भवनको अवलोकन र क्वारेन्टाइन बनाउने कोठाहरुको सरसफाई, बिधुत जडान एवम् अन्य कुराहरुको तयारीका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top