होमपेज / समाज
प्रेरणाको स्रोत
मलाई सानैदेखि सामाजिक सेवामा रुचि थियो । पछि श्रीमानले पनि मलाई देशका लागि विशेष योगदान दिनुपर्छ भन्ने कुराको उत्साह दिनुभयो । सोही क्षेत्रमा अघि बढ्दै जाँदा म अहिले यहाँसम्म आइपुगेको छु ।
दुःख र खुशीको क्षण
२०७४ सालको स्थानीय चुनावमा गाउँपालिका उपाध्यक्षमा विजयी हुँदा म सबैभन्दा धेरै खुशी भएको थिएँ ।
अध्ययनको क्रममा कहिले पनि असफल भएको थिइँन सधैँ सफल हुने गर्थे तर म कक्षा ११, १२ मा अध्ययन गर्दा लेखा विषयमा असफल भएको थिएँ । त्यो क्षण सम्झिदा एकदमै दुःख लाग्छ ।
लक्ष्य
मेरो बाँकी जिन्दगी पनि सामाजिक क्षेत्रमा लगाउने छु । मैले सामाजिक क्षेत्रमा राम्रो काम गरेर समाजका अरु मानिसहरुलाई पनि केही गर्ने प्रेरणा हैसला दिन सकुँ यही नै मेरो लक्ष्य हो ।
मनपर्ने ठाउँ
मलाई मन पर्ने ठाउँ मेरो जन्मभूमि लेखफर्सा हो । त्यही ठाउँमा म जन्मिए हुर्के र पढें । त्यसपछिको मलाई एकदमै मन पर्ने ठाउँ भनेको कर्मभूमि चिंगाड ५ अवलचिंग हो र अहिले मैले यही ठाउँमा बसेर काम गरिरहेकी छु ।
म नेपालका झन्डै ३५ ओटा जिल्लासम्म पुगेको छु । भने नेपालभन्दा बाहिर भारत र सिंगापुर पुगेको छु ।
अध्ययन र मनोरञ्जन
मैले विशेष गरेर कथाहरु, उपन्यासहरुका किताबहरु पढ्ने गरेको छु । मलाई एकदमै मन पनि पर्छ । यो बाहेक विभिन्न विद्वानहरुका लेख, रचना पनि पढ्ने गरेको छु ।
मनोरञ्जनका सन्दर्भमा मैले भजनहरु सुन्ने गरेकी छु । विभिन्न कार्यक्रममा जनताहरुसँग कुराहरु गर्ने, अन्य गित, संगित सुनेर मैले मनोरञ्जन लिने गरेकी छु ।
मनमाया आचार्य, उपाध्यक्ष, चिङगाड गाउँपालिका सुर्खेत
प्रस्तुतिः भावना राना क्षेत्री