होमपेज / समाज
सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिडि–१९)को संक्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेशमा रहेका अटोमेकानिक्स पसलहरु सोमबारदेखि बन्द गरिएको छ । सोमबार एक सन्देश जारी गर्दै नेपाल अटोमेकानिक्स ट्रेड युनियनले पसलहरु चैत २१ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल अटोमेकानिक्स ट्रेड युनियन कर्णाली प्रदेशका अध्यक्ष भिज्जन अन्सारी तथा सचिव चुडामणी विकद्वारा संयुक्त रुपमा हस्ताक्षरित पत्रमा अत्यावश्यक काम बाहेक अन्य काम नगर्न आग्रह गरिएको छ ।