ट्रेण्डिङ

होमपेज / समाज

सचिव पाण्डेद्वारा माक्स वितरण

नेपालगाथा २०७६ चैत्र १० गते सोमबार २०:२०:२७ मा प्रकाशित

वसन्त भण्डारी, सुर्खेत
सुर्खेत उद्योग वाणिज्य संघका सचिव तथा वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली मल प्रालिका अध्यक्ष रामप्रसाद पाण्डेद्वारा बाढिपिडितलाई माक्स वितरण गरेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राखेर वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढिपिडित परिवारलाई माक्स वितरण गरेका हुन् । 
सोमबार माक्स वितरण गर्दै पाण्डेले कोरोना संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । प्रशिक्षण केन्द्रमा रहेका १५ वटा घरपरिवारलाई पुग्ने गरी पाण्डेले माक्स वितरण गरेका हुन् । 
माक्स प्राप्त गरेपछि बाढिपिडितहरु खुसी भएका छन् । पाण्डेले पिडित परिवारलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरेका छन् । कोरोना भाइरसको बारेमासमेत जनचेतना फैलाउँदै उनले बिरामी भएमा स्वास्थ्य संस्थामा गएर उपचार गराउनसमेत आग्रह गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top