होमपेज / समाज
मोरङ । बिराटनगर महानगरपालिका-७ बाट सोही महानगरपालिका-९ बस्ने ४९ वर्षीय राजेश अग्रवाल ११ हजार ३ सय ५० थान मास्क र २ सय एमएलको २ सय बोतल सेनिटाईजर सहित आइतबार साँझ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र बिराटनगर महानगरपालिकाबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त मास्क र निटाइजर फेला पारी राजेशलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।