ट्रेण्डिङ

होमपेज / समाज

स्यानेटरी प्याडका लागि झण्डै २ करोड 

नेपालगाथा २०७६ चैत्र १० गते सोमबार ११:०६:१३ मा प्रकाशित

सुर्खेत । सामुदायिक विद्यालयहरुका छात्राहरुको लागि निःशुल्क स्यानेटरी प्याड वितरणका लागि संघीय सरकारले दैलेखका स्थानीय तहका लागि झण्डै २ करोड बढी बजेट विनियोजन गरेको छ । केन्द्र सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि जिल्लाका ११ वटै स्थानीय तहमा गरेर १ करोड ९३ लाख ३१ हजार बजेट विनियोजन गरेको हो । ११ वटा स्थानीय तह मध्ये नारायण नगरपालिकामा २१ लाख ७९ हजार वितरण गरिएको छ । यस्तै महावु गाउँपालिकामा १३ लाख ८ हजार बजेट वितरण गरिएको छ ।

यस्तै भगवती माई गाउँपालिकामा १६ लाख ९ हजार, नौमुले गाउँपालिकामा १५ लाख ६० हजार, डुङ्गेश्वर गाउँपालिका १२ लाख ६५ हजार, गुराँस गाउँपालिकामा १५ लाख ४४ हजार, आठबिस नगरपालिका २३ लाख ७१ हजार वितरण गरिएको हो ।यस्तै ठाटीकाँध गाउँपालिकामा १३ लाख १६ हजार, भैरवी गाउँपालिकामा ११ लाख ७० हजार, दुल्लु नगरपालिकामा ३३ लाख ५७ हजार र चामुण्डा विन्द्रासैनी नगरपालिकामा रु १६ लाख ५२ हजार बजेट वितरण गरिएको हो । संघीय सरकारले स्थानीय तहमा स्यानेटरी प्याडका लागि बजेट व्यवस्था गरेको अब स्थानीय तहले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने दैलेखबाट प्रतिनिधिसभाका सदस्य पार्वती बिसुन्केले बताइन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top