होमपेज / समाज
माननीय सामाजिक विकास मन्त्री दल रावलज्यूको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रदेश सरकारका सबै मन्त्रालयका सचिव, सुरक्षा निकाय प्रमुखहरु तथा सरोकारवालाको उपस्थितिमा कोरोना भाइरस रोगको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यान्वयन समितिको बैठकका निर्णयहरू
१. भारत लगायत विभिन्न देशबाट आएका व्यक्तिहरुलाई पालिकास्तरमा नै क्वारेन्टाइन निर्माण गरी कम्तीमा १५ दिन सम्म राख्ने व्यवस्था मिलाउने । यसका लागि जिल्ला र पालिकास्तरमा बनेका समितिलाई पूर्व तयारी र आवश्यक व्यवस्थापनका लागि अनुरोध गर्ने ।
२. कोरोना भाइरस रोगको विरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि निम्नानुसारका विभिन्न उपसमितिहरु गठन गर्ने:
(क) भौतिक पूर्वाधार विकास सचिवको संयोजकत्वमा - यातायात व्यवस्थापन उपसमिति
(ख) सामाजिक विकास सचिवको संयोजकत्वमा - स्वास्थ्य औषधि तथा उपकरण आपूर्ति र मानव संसाधन व्यवस्थापन उपसमिति
(ग) नेपाली सेना उत्तर पश्चिम पृतना हेडक्वार्टरको संयोजकत्वमा - क्वारेन्टाइन व्यवस्थापन तथा लजिस्टिक उपसमिति
(घ) नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयोजकत्वमा - शान्ति सुरक्षा व्यवस्थापन तथा निर्णय कार्यान्वयन उपसमिति
३. प्रदेशस्तरमा कम्तीमा १००० बेड क्षमताको क्वारेन्टाइन निर्माणको तयारीमा रहने र आवश्यकता अनुसार क्षमता बढाउन सक्ने गरी पूर्व तयारी गर्ने ।
४. हेल्थ असिस्टेन्ट/स्टाफ नर्सहरुको वैकल्पिक रोस्टर सूचीमा रहेका रहेका स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार थप परिचालन गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिने ।