ट्रेण्डिङ

होमपेज / समाज

साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक निर्णय लिने

नेपालगाथा २०७६ चैत्र ९ गते आइतबार १४:११:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलउनु भएको छ । प्रधानमन्त्रीको ओलीको मिर्गौला प्रत्यारोपणपश्चात् पहिलोपटक क्याबिनेट बस्न लागेको हो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि फागुन १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । साँझ ४ बजे बोलाइएको बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक निर्णय लिने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले सम्पादन गर्नुपर्ने नियमित कामहरू पनि छन् । साथै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको कामहरूबारे पनि प्रधानमन्त्रीले जानकारी लिने बताइएको छ । पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबारै मात्रै ६ वटा कार्यदल गठन गरेर सङ्क्रमण फैलन नदिने, आपूर्ति व्यवस्था सहज तुल्याउन अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

कोरोनाको त्रासदी बढिरहेका बेला प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि उच्च सतर्कता अपनाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले बैठक हलमा सङ्क्रमण नहोस् भनेर सावधानी अपनाइएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top