ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाविरुद्ध सचेतना फैलाउँदै चामुण्डा

नेपालगाथा २०७६ चैत्र ८ गते शनिबार २१:३४:३६ मा प्रकाशित

वसन्त भण्डारी, सुर्खेत । 
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणलाई ध्यानमा राखेर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले घर–घरमा गएर जनचेतना फैलाउन सुरु गरेको छ । शनिबारदेखि नगरप्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा अन्य जनप्रतिनिधिसहितको टोलीले सचेतनाका कार्यक्रम अघि बढाइएको छ । जसअन्तर्गत शनिबार एक देखि ९ वटै वडामा सचेतनाका कार्यक्रमहरु गरिएको नगर प्रमुख शाहीले बताए । 
पहिलो चरणमा वडामा सचेतनाका कार्यक्रम अघि बढाएको भन्दै उनले नगरका टोल–टोल र घर–घरमा पुगेर सचेतना फैलाउने बताए । घर तथा टोल  टोलमा सचेतना फैलाउनको लागि समन्वय समिति, सतकर्ता समिति गठन गरेको भन्दै शाहीले तत्काल सबै ठाउँमा सचेतना फौलाइसक्ने बताए । 
‘भोली के थाहा माहामारी आइहाले कोही कतै जान सक्दैन । यो रोग आउनुपूर्व नै स्वास्थ्यकर्मीको टोली पढाइसक्ने हाम्रो तयारी छ ।’ उनले भने, ‘स्वास्थ्यकर्मी सहितको टोलीले घर–घरमा गएर सचेतना फैलाउने छ ।’ 
नगरका स्वास्थ्य चौकी, वडा तहका शहरी स्वास्थ्य क्लिनिकका स्वास्थ्यकर्मीहरुलाई घरघरमै परिचालन गरेर सचेतना फैलाउने भन्दै उनले विदेशबाट आएका तथा संक्रमणको जोखिम देखिएकालाई छुट्टै राखेर उपचारको व्यवस्था मिलाइने समेत बताए । 
तत्कालीन समयमा कोरोना भाइरसबारे सामाजिक सञ्जालमा विभिन्न अपवाह फैलिएको भन्दै उनले अपवाहको पछि नलाग्न नगरबासीलाई आग्रहसमेत गरे । 
साथै उनले केही दिनभित्र नै नगरका पश्चिमी नाका सांगेतडा, पूर्वी नाका पादुका खोला तथा नगरपालिकाको कार्यालय जम्बुकाँधमा हेल्थ डेस्क राख्नेसमेत बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top