ट्रेण्डिङ

होमपेज / समाज

अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ

नेपालगाथा २०७६ चैत्र ८ गते शनिबार १७:४४:३४ मा प्रकाशित

सामाजिक संजालको दुरुपयोग गर्दै अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा जि. रामेछाप, ठाडादेवी गा.पा घर भई हाल भक्तपुर सिपाडोल बस्ने वर्ष २० का विवेक थापा मागलाई आज केन्द्रीय साईबर व्युरोले पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछमा निजले आफुले संचालन गरेको पेजमा reach र engagement वृद्धि गर्न सो भ्रम र अफवाह फैलाएको स्विकार गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

आफूले संचालन गरेको कुनै पनि पेजहरुमा reach र audience वृद्धि गर्न यस किसिमका गतिविधि नगर्नहुन र यस्ता कार्यमा संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा समेत सबैमा जानकारी गराउँदछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top